पोस्टरमा ‘के घर के डेरा’

फिल्म । आउँदो कार्तिक ४ मा प्रदर्शन हुने फिल्म‘के घर के डेरा’ को फस्टलुक अन्तर्गत क्यारेक्टर चिनाउने पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरहरूमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई , विपिन कार्की , वर्षा राउत , सुरक्षा पन्त , रबीन्द्र झा फिचर्ड छन् । दयाहाङ राई र विपिन कार्कीको वरिपरि कथा घुम्ने फिल्मको कास्टिङ सार्वजनिक भए देखि नै चर्चामा छ ।

यस अघि पनि दया र विपिनले स्क्रिन शेयर गरिसकेका छन् तर पछिल्लो समयको हाइपले गर्दा चर्चा बढाएको हो । आफुले पाएको भूमिकालाई जिवन्त बनाउने दया र विपिनसँगै फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ ।

सिङ्गे लामाको कथा रहेको फिल्म ‘के घर के डेरा’ मा महेश दवाडीको पटकथा/संवाद , शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । यसको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

कमेन्ट गर्नुहोस्