फिल्म । बलिउड अभिनेता अर्जुन कपूर कोरोना भाइरसबाट संक्रमित भएका छन् । कन्ट्याक ट्रेसीङमा परेपछि गरिएको जाँचमा रिपोर्ट पोजेटिभ आएपछी यतिबेला उनि डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा छन् । आफुमा कोरोना भाइरस पोजेटिभ देखिएता पनि त्यससम्बन्धि कुनै लक्षण नदेखिएको अर्जुन स्वयम्ले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
केहि दिनयता भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । महामारीको रुपमा फैलिरहेको भाइरसले धेरैलाई संक्रमित बनाइरहेको छ । यसलाई रोक्न विभिन्न किसिमको उपाए अपनाए पनि भ्याक्सिन नहुदाँ यसले करौडौ मानिसलाई संक्रमित बनाइसकेको छ । केहि समय अगाडी मात्रै बच्चन परिवारमा अमिताभ, अभिषेक, ऐश्वर्या राय र आराध्यामा पनि संक्रमण पुष्टि भएको थियो । यद्दपी यतिबेला उनीहरु संक्रमण मुक्त भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्












