फिल्म । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड १९) मुक्त भएका छन् । झन्डै दुइ साता अगाडी कोरोन भाइरस पोजेटिभ देखिएपछि उनलाई नानावती हस्पिटल भर्ना गरिएको थियो । केहि दिन अगाडी मात्रै उनले डाक्टरले उपचारमा आफुलाई खासै रेखदेख नगरेको र भिडियो कलबाट मात्र जानकारी लिने गरेको बताएका अमिताभले आज बिहान गरिएको टेस्टमा आफु संक्रमण मुक्त भएको जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत आफु हस्पिटलबाट घर आएको समेत जानकारी दिएका छन् । उनले आफ्नो निमित प्राथना गर्ने फ्यानहरु तथा आफ्नो उपचार गर्ने स्वास्थ्यकर्मीलाई समेत धन्यवाद दिएका छन् ।
कमेन्ट गर्नुहोस्










