निखिल अब ‘भिलेन’

फिल्म । निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको रिलिज डेट पौष २७ लाई कन्फर्म गरेको छ । पछिल्लो समय कमेडी , रोमान्टिक र फ्यामिली ड्रामा जनरका फिल्म आइरहदा निखिल अभिनित एक्सन फिल्मलाई निर्माण पक्षले पौषमा ल्याउने तयारी थालेको हो । फिल्ममा निखिल नेगेटिभ हिरोको रुपमा प्रस्तुत छन । फिल्ममा निखिलसँगै शिल्पा पोखरेल ,निशा अधिकारी र कपिल खत्री लिड रोलमा छन् । फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

द ग्लोबल पिक्र्चस प्रा.लि.को ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्मलाई बलबहादुर श्रेष्ठ ‘शितल”ले निर्माण गरेका हुन । यसमा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । यसमा मौनता श्रेष्ठको लेखन,सौरभ लामा र मदन कस्यप घिमिरेको छायाँकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्