क्यामेराम्यानदेखि अभिनयसम्मको यात्रासम्म शिव

फिल्म । शिव पाण्डे पछिल्लो समय नेपाली मनोरञ्जन क्षेत्रमा चर्चामा छन् । रुपन्देहीमा जन्मे हुर्केका पाण्डेका लागि काठमाडौं आएर कलाकारितामा अघि बढ्ने यात्रा भने सहज थिएन । रुपन्देहीबाट काठमाडौं आएपछि उनले ‘आर्टिस्ट खबर मिडिया’मा क्यामेराम्यानका रूपमा काम सुरु गरेका थिए ।

त्यसक्रममा उनले विभिन्न म्युजिक भिडियो, टेलिभिजन सिरियल तथा फिल्ममा क्यामेरा पर्सन र सहायकका रूपमा काम गरे । क्यामेराम्यानका रूपमा काम गर्ने क्रममा उनले कलाकार तथा मनोरञ्जन क्षेत्रसँग नजिकबाट जोडिने अवसर पाए ।

सुरुवाती कला पत्रकारिता र क्यामेराको कामले नै उनलाई विस्तारै अभिनयतर्फ समेत डोर्‍यायो । आफ्नै शैली र प्रस्तुतिका कारण उनी मनोरञ्जन क्षेत्रमा परिचित हुँदै गए । पाण्डेले ‘बसन्त’, ‘मन बिनाको धन’ र ‘ज्वाइँसाब’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

फिल्म क्षेत्रमा ‘शिवु पाण्डे’ नामले समेत परिचित उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि चर्चामा छन् । क्यामेराम्यानबाट सुरु भएको उनको यात्रा अहिले अभिनय हुँदै नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दिशामा अघि बढिरहेको छ ।

कमेन्ट गर्नुहोस्