जेठ अन्तिममा ‘प्रेम दिवस’

67 Shares

फिल्म । जेष्ठ ३ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘प्रेम दिवस’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । पहिलो साता प्रदर्शनमा आउने तयारीमा रहेता पनि विविध कारण अब फिल्म अन्तिम साता मात्र प्रदर्शन हुने भएको छ । फिल्म जेष्ठ ३१ मा रिलिज हुनेछ । ‘विभिन्न कारणले गर्दा हामीले रिलिज डेटको नयाँ मिति तय गरेका छौ’ निर्देशक योगेश घिमिरे भन्छन् ‘फिल्मले प्रेम गर्ने जो कोहीलाई मन छुन्छ र कथालाई महसुस गर्नु हुन्छ ।’

प्रियंका कार्की र आयुष्मान डिएस जोशीसँगै डेब्यु एक्टर विशाल खरेलको लिड रोल रहेको फिल्ममा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्म मार्फत निर्देशक घिमिरे म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् ।

Facebook Comments