सङ्गीत । गायिका नम्रता तामाङको गीत ‘दिलमा चुकुल’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सङ्गीतकार दीपक शर्माको शब्द,सङ्गीत र साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । यसमा उनलाई नायक विनोद न्यौपानेले साथ दिएका छन् । यी दुईको जोडी भिडीयोमा आकर्षणको केन्द्र बनेको छ ।
प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायांकन, माधव बेलबासेको सम्पादन रहेको छ । यसअगाडि गायिका नम्रताले ‘ओई सानी’ र ‘नगर शंका’ गीतहरु दर्शक माँझ ल्याईसकेकी छिन् ।
कमेन्ट गर्नुहोस्