युट्युबमा ‘डियर लभ’ (भिडियो)

फिल्म । पछिल्लो समय मनोरंजनको माध्यम ओटिटी प्लेटफर्म बनिरहेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वको आधा जनसंख्या घरमै रहेको हुँदा यतिबेला उनीहरुलाई लक्षित गर्दै वेब सिरिज तथा फिल्महरु सार्वजनिक भइरहेका छन् । नेपालमा भने ओटिटीका माध्यम कम भएकाले अझै यसले गति लिन सकेको छैन । यद्दपी केहिले भने निरन्तरता दिईरहेका नै छन् ।

यसैक्रममा लकडाउनमा रहेका दर्शकलाई मनोरंजन प्रदान गर्ने उदेश्यले ‘डियर लभ’ नामक वेब सिरिज प्रशारण भएको छ । रुबुशा युट्युब च्यानल मार्फत प्रशारण भइरहेको वेब सिरिजलाई विभिन्न एपिसोडमा हेर्न सकिनेछ । यसको पहिलो एपिसोड हालै सार्वजनिक भएको छ । विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई , करिना कक्षपति , रबिन बोगटी , रश्मि भट्ट , किरण चन्द , कल्याण थापा , इशिका लिम्बु लगायतको अभिनय रहेको छ ।

रबिन बोगटीको पटकथा र संवाद रहेको सिरिजलाई रुक्मान लिम्बुले निर्माण गरेका हुन् । ‘हामीले यसमा युवापुस्ताको कथालाई देखाउने कोशिस गरेका छौ । सिरिज हेरिरह्दा दर्शकले रिलेट गर्नु हुन्छ भन्नेमा विश्वस्त छौ’ निर्माता लिम्बुले भने । उनले यसलाई विना कन्जुस्याई तयार गरेको समेत बताए । उनले भने’हामीले यसलाई स्क्रिप्ट अनुसार नै विना सम्झौता तयार गरेका छौ । यसले पाउने प्रतिक्रिया हामीलाई अगाडी बढाउन पनि हौसाउछ ।’ यसमा रुपेश थापाक छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्