रिजाल दम्पतिलाई कोरोना संक्रमण

Photo : Love and Life

संगीत । गीतकार तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिवार दिइएको स्वाब परिक्षणमा दुवैलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा रिजाल भर्ना भएका छन् । दुवै स्वाब पनि ह्याम्स अस्पतालमै परिक्षण गरिएको थियो । दुवैको स्वास्थ्य अवस्था सामान्य छ । ‘कोरोनालाई जितेर फर्किने छौं,’ रिजालले भने, ‘हाम्रो सम्पर्कमा रहेकालाई सचेत बनाएका छौँ ।’

कमेन्ट गर्नुहोस्