रुचाईयो बखत र प्रतिभाको ‘देउसी भैलो’ गीत (भिडियो)

संगीत । पछिल्लो समय चर्चामा रहेका बखत बिष्ट र प्रतिभा बिष्टको अभिनय रहेको देउसी भैलो गीतलाई दर्शकले रुचाएका छन् । सार्वजनिक भएको २४ घण्टामै ५ लाख पटक हेरिएको गीत युट्युबको ट्रेण्डिङ नम्बर २ (न्युज बनाउदासम्म) आइपुगेको छ ।

पछिल्लो समय युट्युबमा दिइएको अन्तर्वार्ता मार्फत नै चर्चामा रहेको जोडीलाई सुत्र इन्टरटेनमेन्ट निर्माण रहेको भिडियोमा अभिनय गराइएको हो । गीतको भिडियोलाई केशव खड्काले निर्देशन गरेका हुन् भने यसमा कुशुम सिटौलाको कोरियोग्राफी रहेको छ । मन्जु बराइली र अनुषा थापाको स्वर रहेको गीतको भिडियोमा तिहारको रमाइलो देखाइएको छ ।

कमेन्ट गर्नुहोस्