मेलिनाको तिहार लक्षित गीत सार्वजनिक (भिडियो)

जयहोस् । गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘बैंश बेइमानी’ सार्वजनिक भएको छ । आउदै गरेको चाड तिहारलाई लक्षित गर्दै गीत विहिबार सार्वजनिक गरिएको हो । गीतमा पुर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ। राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन्। तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई फिचरिङ छन् । मेलिनाले पहिलो पटक भिडियोमा मोडलिङ गरेकी छिन्। अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।
कमेन्ट गर्नुहोस्