
फिल्म । अभिनेता हुन् मुकुन भुसाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्ममा अभिनेता भुसालले कागजी सम्झौता गरेसँगै निर्माण पक्षले उनको आवद्धता सार्वजनिक गरेको हो । अभिनेता भुसाल अगाडिनै निर्माण पक्षले प्रकाश सपुत र विजय बरालको अभिनय रहने जानकारी दिईसकेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्म सोसल-ड्रामा विधामा तयार हुने लेखन तथा निर्देशन सरोज पौडेलले बताए । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अभिनेत्रीसहित अन्य कलाकारका विषयमा छिटै जानकारी गराईनेनिर्देशक पौडेलले बताए ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।