‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

फिल्म । निर्देशक टंक बुढाथोकीले फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा फिचर्ड छन् । यसअघिको पोस्टरमा केवल अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।

टंक बुढाथोकीद्वारा निर्मित र निर्देशित यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । बुढाथोकीले फिल्मको कथा लेखेका छन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका छन् । कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको निर्मातामा विष्णु माया मैनाली छिन् भने सपना शर्मा कार्यकारी निर्माता र जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत चर्चा कमाएका थिए, जसले उनको जीवन नै परिवर्तन गरेको छ । उक्त गीतमा टंक बुढाथोकीको संगीत छ । हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत दर्जीले फिल्ममा पनि अभिनय गरेका छन् । फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय छ।

फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । ‘मन बिनाको धन’ लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्