निर्देशन फर्किदै भुषण

तस्वीर : भुषण दाहाल ट्विटर

फिल्म । नेपाली टेलिभिजन र म्युजिक भिडियोमा मात्र होइन , भुषण दाहालको नाम फिल्ममा पनि उत्तिकै महत्वपूर्ण छ । किनकी उनले डिजिटल फिल्मको सुरुवात गरेका थिए । क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेको ‘कागबेनी’ मार्फत उनले निर्देशनमा डेब्यु गर्दै गर्दा डिजिटल फिल्मको सुरवात भयो । तात्कालिन समयमा उनले सौगात मल्ल , निमा रुम्बा , दीया मास्केलाई कास्ट गरे ।

त्यस अघि फिल्म त रिलमा खिचिन्थ्यो नै साथै हिरो भन्ने वितिकै राजेश हमाल , भुवन केसी , शिव श्रेष्ठ , निखिल उप्रेती जस्ता नाम आउने गर्थे । तर निर्देशक दाहालले क्यारेक्टर र भूमिकालाई ध्यान दिए । सन् २००८ मा ‘कागबेनी’ निर्देशनपछी टेलिभिजनमै ब्यस्त उनले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने चर्चा तिन वर्ष अगाडी नै चलेको थियो तर त्यतिबेला कार्यव्यस्तताले गर्दा उनले आफ्नो योजना अगाडी सार्न सकेनन् ।

तर , यतिबेला उनि प्रविधिको विकास भएसँगै आफ्नो कथ्यशैली सुनाउन देखाउन चाहन्छन । उनले तिहार सकिएपछि फिल्मको छायांकन हुने गरि तयारीमा रहेको फिल्मलाई कान्तिपुर मिडिया ग्रुपले अन्य केहि निर्मातासँगको सहकार्यमा प्रस्तुत गर्दैछ । ६५ वर्षिय एक वृद्ध पात्रलाई मुख्य भूमिकामा लिएर भुषणले फिल्म निर्देशन गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्