सिम्बामा अनिल पनि

फिल्म । यसवर्षको अन्त्यमा रिलिज हुने फिल्म ‘सिम्बा’ रिलिज हुदैछ । फिल्म रिलिज हुन् झन्डै एक साताबाकि रहदा निर्माणपक्षले यसको सरप्राइजलाई विस्तारै बाहिर ल्याउदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा अजय देवगन देखिएका थिए भने सार्वजानिक गीत ‘आँख मारे’ मा गोलमाल ग्यांग देखा परिसकेका छन् । यसपछि फिल्ममा अक्षय कुमार पनि रहेको खबर मिडियामा आएको थियो तर यसबारे निर्माण पक्षले केहि बोलेका छैनन् ।

यसैबीच सिम्बा अर्थात रणवीर सिंहले फिल्ममा अनिल कपूर रहेको खुलासा गरेका छन् । उनले ट्विटर मार्फत फिल्ममा अनिल रहेको खुलाएका हुन । रोहित शेट्टीको निर्माण र निर्देशनमा तयार फिल्ममा रणवीर एक्सन अवतारमा प्रस्तुत हुदैछन् । यसमा रणवीर पुलिस इस्पेक्टरको भूमिकामा छन् । रणवीरसँगै यसमा साराअलि खान र सोनु सुद मुख्य भूमिकामा छन् । यसलाई करण जोहर र रोहितले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्