बक्स अफिसमा ‘पेन्सन पट्टा’ कस्तो हुँदैछ ?

फिल्म । गुरुङ फिल्मका ‘गडफादर’का रूपमा परिचित कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशन तथा लगानीमा तयार भएको फिल्म ‘पेन्सन पट्टा’ को घरेलु बक्स अफिसमा सुरुआती व्यापार सुस्त देखिएको छ । ठूलो स्टारकास्ट रहेको यस फिल्मले पहिलो साताको शुक्रबार र शनिवार अपेक्षाअनुसार दर्शक आकर्षित गर्न सकेको छैन।

बक्स अफिस स्रोतका अनुसार फिल्मले प्रदर्शनको सुरुआती दुई दिनमा घरेलु बजारबाट कुल ५३ लाख रुपैयाँको ग्रस कमाइ गरेको छ । यस अवधिमा देशभरका हलहरूबाट १५ हजार ४ सय टिकट बिक्री भएका छन्।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयम् निर्देशक गुरुङले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, र लुनिभा तुलाधर लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ। सुरुआती दुई दिनको व्यापार सुस्त रहे पनि आगामी दिनमा ‘माउथ पब्लिसिटी’का आधारमा व्यापारमा सुधार आउने अपेक्षा निर्माण पक्षले गरेको छ।

कमेन्ट गर्नुहोस्