तीन ग्याङको लडाइँमा ‘छड्के’ को सिक्वेल

फिल्म । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ को चर्चा बढ्दो छ। अनमोलको स्टारडमका कारण प्रतिक्षित बनेको फिल्ममा उनी लभरब्वाईको आवरण परिवर्तन गरेर फरक रूपमा प्रस्तुतछन्। यसमा तीन ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा देखाईनेछ। मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन उदेश्य बोकेका ग्याङमध्ये एउटा ग्याङको लिडरको रुपमा अनमोल छन्।

शरीरभरी ट्याटु, हातमा हमेसा खुँडा, बुलेट बाइक उनको पहिचान हो। मेनडगको भूमिकामार्फत उनले नयाँपन दिन खोजेका छन्। नेपालको उच्च हिमालीभेगको सुन्दरता कैद गर्ने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। ‘यसले मनोरंजनसँगै सामाजिक विकृतिलाई पनि समेटेको छ’, निर्देशकसँगै लेखकसमेत रहेका निर्देशक श्रेष्ठले भने,’यसले हाम्रो समाजको डार्कसाइड पनि देखाउछ।’

फिल्ममा रोविन तामाङ, कमलमणी नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ । मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

कमेन्ट गर्नुहोस्