‘ट्रिपल आर’ को स्याटेलाइट र डिजिटल राइट्स महङ्गोमा बिक्रि

फिल्म । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्व भर चर्चामा रहेका निर्देशक एसएस राजमौलीले नयाँ फिल्म आरआरआर अर्थात् ट्रिपल आरको काममा बव्यस्त छन् । उनले यस फिल्ममा जुनियर एन्टीआर र राम चरणलाई लिएका छन् । पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । यसैले गर्दा पनि उनको गतिविधिको चर्चा हुने गर्छ । सायद यसै कारण यस फिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ ।

यो सबै भन्दा बढी रकल हो । यस अघि उनकै फिल्म ‘२.०’ ले एक सय आठ करोड पाएको थियो । तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । फिल्मको रिलिज सन् २०१९ को अन्त्य या सन् २०२० को सुरुवातमा हुनेछ ।

कमेन्ट गर्नुहोस्