जनवरीदेखि चुरीफुरी डटकम

टिभी । फिल्म निर्देशक तथा कलाकार निर्मल शर्मा र कमलकान्त मैनालीको निर्देशनमा टेलिफिल्म चुरीफुरी डटकम तयार भएको छ । यसलाई जनवरी देखि युट्युबमा हेर्न पाइनेछ । यस वेबसिरिजको ट्रेलर तयार पार्दै निर्मलले सार्वजनिक गरेका छन् । रमेश एमके पौडेलको निर्माणमा तयार हुने यससिरिजमा निर्मल र कमलसँगै गजित बिष्ट, रजनी केसी, केशव भट्टराई, शिवहरि आचार्य, प्रमोद पौडेललगायतका कलाकारको अभिनय ट्रेलरमा हेर्न सकिन्छ ।

पछिल्लो समय विश्वमै वेब सिरिजको ट्रेण्ड बढ्दो छ , नेपालमा पनि यो सुरु भएको छ । सार्वजनिक ट्रेलरलाइ शान्तिप्रियको शब्दमा सङ्गीतकार शम्भूजित बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार बास्कोटालाई पनि ट्रेलरमा देख्न सकिन्छ। यस्तै राजु केसीको छायाङ्कन तथा बिजिबीका गौतमराज खड्काले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्