अमेरिका नचाउँदै रचनादेखि शान्ति श्रीसम्म

सङ्गीत । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ । फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् । अधिकारीका अनुसार यो नचाउने यात्रामा देशका चर्चित गायिका शान्ति श्री परियार , रचना रिमाल र ज्योति मगरले सहभागिता जनाउनेछन् । यसैगरी यो यात्रामा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालको पनि साथ रहनेछ ।

आयोजक अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा हुने कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास लिएका छन् । ‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो ।यसले कुनै न कुनै रुपमा नेपाली गीत सङ्गीतको प्रवर्द्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु’, अधिकारीको भनाइ छ । आयोजकका अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ ।

कमेन्ट गर्नुहोस्