डिसिने अवार्ड सम्पन्न तेह्रौँ र चौधौँ संस्करण सम्पन्न

फिल्म । एक समारोहका बीच डिसिने अवार्डको तेह्रौँ र चौधौँ संस्करण सम्पन्न भएको छ । आयोजक संस्था छायाँछविले पछिल्ला वर्षमा विविध कारणले सम्पन्न भएको अवार्डको दुई संस्करण एकसाथ गरिएको जानकारी दिएको छ । अवार्ड अध्यक्ष शान्तिप्रियले विसं २०७७ र २०७८ मा प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिए ।

आयोजित समारोहमा तेह्रौँ संकरण अन्तर्गत विसं २०७७ मा प्रदर्शन भएका चलचित्रबाट अवार्डमा सहभागी भएका मध्येबाट पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो । सो वर्ष चलचित्रतर्फ ‘श्री’, अभिनेतातर्फ सविन श्रेष्ठ (हिरो रिटन्स), अभिनेत्रीतर्फ जाहन्वी बस्नेत (लक्ष्मी पूजा), सह- अभिनेतातर्फ रोशन श्रेष्ठ (हिरो रिटन्स) र नृत्य निर्देशनतर्फ अजय स्याङताङ (गुड फ्रेन्ड) मार्फत पुरस्कृत हुनुभयो ।

यस्तै, चौधौँ संस्करण अन्तर्गत विसं २०७८ मा प्रदर्शन भएका चलचित्र मध्येबाट अवार्डमा सहभागी भएकालाई विभिन्न तेह्र विधामा अवार्ड प्रदान गरियो । यो संस्कारणमा चलचित्रमा ‘म यस्तो गीत गाउँछु २’, निर्देशकमा सुदर्शन थापा (म यस्तो गीत गाउँछु २), अभिनेतामा पल शाह (म यस्तो गीत गाउँछु २), अभिनेत्रीमा पुजा शर्मा (म यस्तो गीत गाउँछु २), सम्पादकमा बनिश शाह र मिलन श्रेष्ठ (म यस्तो गीत गाउँछु २), संगीतकारमा अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु २), लेखकमा दिनेश पाल्पाली (चिसो एष्ट्रे), द्वन्द्व निर्देशकमा सम्राट बस्नेत (हेल्लो जिन्दगी), नृत्य निर्देशकमा रामजी लामिछाने (आकाशे खेती), छायाँकारमा पुरुषोत्तम प्रधान (लप्पन छप्पन २) र गायकमा राजनराज शिवाकोटी (हेल्लो जिन्दगी) पुरस्कृत हुनुभयो । सोही वर्ष निर्णायक मण्डलको तर्फबाट निर्देशक सुर्य बोहोरो (हेल्लो जिन्दगी) लाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो ।

कमेन्ट गर्नुहोस्