फिल्म । भारतीय अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन् भने यसको डायलग पनि सोसल मिडियामा लोकप्रिय हुन् थालिसकेको छ । यो वर्षको सबैभन्दा चर्चामा रहेको फिल्मको ट्रेलर पटनामा सार्वजनिक गरिएको थियो ।
सुकुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा २ : द रुल’ आगामी डिसेम्बर ५ बाट हलमा रिलिज हुँदैछ । फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्दाना र फहद फासिल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको गीत यसअगाडि नै सार्वजनिक भएर लोकप्रिय भईसकेको छ ।
कमेन्ट गर्नुहोस्










