शाहरुखका छोरा हलिउड फिल्ममा ?

825 Shares

फिल्म । पछिल्लो समय बलिउडमा स्टारकिड आइरहेका छन् । वरुण धवन , टाइगर श्राफ , आलिया भट्ट , अन्यणा पाण्डे लगायतका स्टारकिडले आफुलाई स्थापित पनि गरिसकेका छन् । यसै क्रममा अब बलिउडका रोमान्स किंग शाहरुख खानका छोरा आर्यन खानले पनि फिल्ममा डेब्यु गर्ने भएका छन् । तर , उनले बलिउड नभई हलिउड फिल्म मार्फत डेब्यु गर्ने तयारीमा छन् । पढाइको लागि क्यालीफोर्नियामा रहेका आर्यनको तस्वीर शाहरुखले केहि हलिउड प्रोड्युसरलाई देखाईसकेका छन् ।

यदि आर्यन सेलेक्ट हुन्छन् भने उनको डेब्यु हलिउड फिल्म मार्फत हुनेछ । शाहरुखले आर्यनलाई सन् २०२० सम्ममा डेब्यु गराउने तयारी गरिरहेका छन् । त्यसो त केहि समय अगाडी शाहरुखका साथि तथा बलिउडका प्रसिद्ध फिल्ममेकर करण जोहरले फिल्म ‘तख्त’ मार्फत आर्यनलाई बलिउडमा डेब्यु गराउने चर्चा पनि नचलेको होइन । तर , यसलाई दुवैले प्रस्ट्याएका छैनन् । (एजेन्सी)

Facebook Comments