सुमी बनिन् विजेता

टिभी । डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पहिलो सिजनको उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । ‘हामीलाई सपनाले नै सफलता तर्फ आकर्षित गर्छ र सफल भइन्छ’ सुमीले विजेता बनेपछि भनिन् ।

नेपाली फिल्ममा अभिनेत्रीको रुपमा यात्रा गरिरहेकी सुमीले यो सफलताले करियर अगाडी बढ्ने गति बढेको प्रतिक्रिया दिईन् । यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका खत्रीले प्राप्त गर्दै गर्दा सेकेन्ड रनरअप भने प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् । हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रशारण हुँदै आएको थियो ।

यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्