कोसँग प्रभावित छ ‘म्याडी’ ?

फिल्म । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ मार्फत अभिनेता अनमोल केसी पुनः दर्शक माँझ आउदैछन् । रोमान्टिक हिरोका छवि बनाएका अनमोलको फिल्म विशेषत युवापुस्तालाई केन्द्रीत गरिएको हुन्छ । यसपटक पनि अनमोल रमकममा देखिएका छन् । उनी यसपटक म्याडीको भूमिकामा छन् ।

आफ्ना अघिल्ला प्रेम कथानक झैँ नलागोस् भनेर रमकमसँगै ‘टाइम लुप’को कन्सेप्ट फिल्ममा राखिएको अनमोलले बताए । ‘हामी कहाँ यस्ता विषयलाई फिल्म जोडिदैन । टाइम लुपमार्फत नेपाली दर्शकले नयाँ टेस्ट पाउनु हुनेछ । यसका साथै यो हाम्रो पुस्ताको माया र आकर्षणको कथा हो’, अनमोलले भने ।

उनले फिल्ममा आफ्नो पात्रलाई तयार गर्न निर्देशक सुयोग गुरुङको व्यक्तित्व सहयोगी रहेको समेत बताए । उनी पर्दाको म्याडी र बाहिरको सुयोगमा खासै भिन्नता देख्दैनन् ।

‘मैले यो पात्र बारे बुझेपछि निर्देशक सुयोगजीलाई नै पर्दामा उतारेको हुँ । धेरै सिमिलर छ । म भन्दा भने म्याडी फरक छ । यद्यपि हाम्रो रमकमले सम्बन्धमा भइरहेका गल्ति र त्यसको नतिजासँग जानकार गराउँछ’, अनमोलले भने ।

उनले पहिलोपटक अभिनेत्री जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । यो जोडीलाई सार्वजनिक ट्रेलर तथा गीतसङ्गीतमार्फत राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । फिल्ममा जसिताले ‘मिक्सोलोजिस्ट’ को भूमिका निर्वाह गरेकी छिन् । उनि लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाईरहेकी हुन्छिन् । त्यहि क्रममा म्याडीको भूमिकामा रहेका अनमोल केसीसँग भेट भएपछि बस्ने प्रेम र त्यसमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फोटो सौनाज्य : कुबेर डङ्गोल

‘अहिलेको युवाको प्रेम र त्यसमा जोडिने भावनात्मक सम्बन्धलाई देखाउने कोसिस छ । पर्दा भित्रको कथाले पर्दा बाहिरका दर्शकलाई छुन्छ जस्तो लाग्छ’, उनले भनिन् । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । सार्वजनिक ट्रेलर र गीतसङ्गीतको लोकप्रियतालाई मापन गर्दा जेठको १० गते बक्स अफिसमा यो फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्