‘म यस्तो गीत गाउँछु २’ मा दर्शक बढ्दै

फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकको साथ् पाएको छ । अघिल्लो सिरिज झैँ यसलाई पनि हेर्न यूवाको जमात हलसम्म पुगेको छ । बक्स अफिसमा ‘म यस्तो गीत गाउँछु २’ ले विदेशी फिल्मलाई पछाडी समेत पारेको छ । सुदर्शन थापाको फिल्मले शुक्रबार करिब ६० प्रतिशतको अकुपेन्सीमा व्यापार गरेको थियो भने शनिबार बक्स अफिसमा आक्रामक व्यापार गरेको उपत्यका वितरक करण श्रेष्ठ र मोफसल वितरक नरेन्द्र महर्जनले बताए । कोरोनाको महामारीपछि रिलिज भएका फिल्महरु मध्ये यसले दर्शकको राम्रो साथ् पाएको हो ।

काठमाडौंका अष्टनारायण, क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज, विएसआर, आरके लगायतका हलमा दर्शकको उच्च चाप देखियो । यस्तै, काठमाडौं बाहिरका चितवन, पोखरा, नेपालगञ्ज, विर्तामोड, दमक लगायतका स्थानमा पनि फिल्मले बम्पर कारोबार गरेको छ । शुक्रबार देखि नै हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेका निर्देशक थापाले वर्ड अफ माउथले शनिवार दर्शक बढेको बताए । ‘दर्शकले मन पराउनुभएकाले गर्दा पनि आगामी दिनमा पनि फिल्मले राम्रो कमाई गर्ने अपेक्षा छ’ निर्देशक थापाले भने ।

फिल्ममा पल शाह, पुजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्