दीपकको फिल्म हेर्न पुगे अशोक

139 Shares

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ प्रदर्शनरत छ । फिल्मको व्यापारले राम्रो छ । सुरुवाती रुपमा नै फिल्मले आफ्नो ब्राण्ड भ्यालु देखाईसकेको छ । अर्थात् दीपकराज गिरी र दीपाश्री निरौला समुहको यस फिल्मले दर्शकको साथ पाइरहेको छ । दीपक र दीपासँगै फिल्मका अन्य कलाकारहरु जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी र निर्देशक दीपेन्द्र लामाले यतिबेला दर्शकसँग बसेर फिल्म हेर्दै प्रतिक्रिया समेत लिईरहेका छन् । फिल्म दोस्रो सातामा प्रवेश गर्दै गर्दा टिमले राजधानीमा स्पेसल शोको आयोजना गरेको छ ।

आयोजित शो मा वरिष्ठ नेतागणसँगै कलाकर्मी तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो । फिल्म हेर्नलाई पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , मन्त्री योगेश भट्टराई , मन्त्री लालबाबु पण्डित , पुर्व सेनापति रुक्माङ्गद कटवाल , नेता विश्वप्रकाश शर्मा , सभासद तथा गायिका कोमल ओली , कलाकारहरु किरण केसी , भुवन केसी , अशोक शर्मा, करिश्मा मानन्धर लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । चर्चित सञ्चारकर्मी रवी लामिछाने पनि आफ्नो पत्नी नीकिता पौडेलसँग आएका थिए ।

फिल्म हेर्न नेतागण देखि कलाकारको कमि नरहेता पनि अशोकको पुग्दा उनितर्फ नै मिडियाको क्यामेरा तेर्सियो । ‘छ माया छपक्कै’ समुहको निम्तोलाई स्वीकार गर्दै अशोक फिल्म हेर्न पुगेका थिए । उनि झन्डै ५ बजेर १५ जादा हल पुगेका हुन् । केहि समय यता दीपक र अशोकको विषयलाई लिएर न्युजहरु आइरहेका छन् भने दसैँ नजिकिदै गर्दा यी दुइको भिडन्तले राम्रो चर्चा पाउने गरेको छ । दसैँ नजिकिदै गर्दा भिडन्तको मुडमा देखिए पनि अन्तत यी दुइको फिल्म सँगै आएको छैन । अघिल्लो दसैँ र यो दसैँमा यस्तै भयो ।

विज्ञापन

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो ।

उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

तपाईको प्रतिक्रिया