कर्णले ल्याए शिव भजन (भिडियो)

संगीत । गायक कर्णराज गिरीले भजन ल्याएका छन् । तीजको छेको पारेर कर्णले ‘जय शिव शंकर भोला’ बोलको गीत दर्शक तथा श्रोता माँझ ल्याएका हुन् । भजनमा शिवको महिमालाई वर्णन गरिएको छ । यसमा शब्द हरि शर्माको रहेको छ भने संगीतसँगै स्वर कर्णकै रहेको छ ।

सार्वजनिक भजनमा कर्ण र हरिसँगै रीया श्रेष्ठ र डायमण्ड मगरको अभिनय रहेको छ । समिर राइले खिचेको भिडियोलाई कृष्ण पाण्डेले सम्पादन गरेका हुन् । भिडियोलाई निर्देशन रचनाकार हरिले नै गरेका छन् ।

कमेन्ट गर्नुहोस्