गीतमा पनि अनमोल फुटवलर (फोटो फिचर)

फिल्म । पछिल्लो समय चर्चामा रहेको फिल्म मध्यको एक हो ‘क्याप्टेन’ । फिल्ममा अहिलेका युवास्टार अनमोल केसी फुटवलर भूमिकामा छन् । आफ्नो लभरब्वाईको छविलाइ अघिल्लो फिल्म ‘कृ’ मा एक्सन अवतारमा पुर्याएका अनमोल यसमा फुटवलर बनेका छन् । उनि नयाँ फिल्ममा आफुलाई भिन्न अवतारमा प्रस्तुत गरिरहेका छन् । यसै फिल्मको एक गीतमा दर्शकले अनमोलसँगै उनका पिता अभिनेता भुवन केसी र अभिनेत्री नीरुता सिंहलाई देख्न पाउनेछन् । भुवन र नीरुताको जोडी दर्शकका लागि नयाँ टेस्ट हुनेछ भने अनमोलको हिरोइन दुई डेब्यु गर्ल उपासना सिंह ठकुरी र प्रियंका एमभी पनि गीतमा देखिनेछन् । लोक शैलीको गीतमा अनमोल पहिलो पटक देखिन लागेका हुन् ।

ललितपुरको एक पार्टी प्यालेसमा भव्य सजावट गरेर गीतको छायाँकन भईरहेको छ । ‘कर्ली कर्ली’ बोलको गीतलाई मेलिना राई र एसडी योगीले गाएका छन् भने यसमा एसडीकै शब्द तथा संगीत छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरिरहेकी छिन । ‘गीत राम्रो छ त्यसैले भिडियोमा कुनै सम्झौता गरेका छैनौ’ रेनशाले भनिन् ‘गीतमा अनमोललाई नयाँ अवतारमा दर्शकले पाउनु हुनेछ ।’ यता भुवन पनि आफुले अनमोलसँग पहिलोपटकसँगै नृत्य गर्न लागेको बताए । ‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो’ भूवनले ठट्टा गर्दै भने ‘गीत राम्रो बनेकाले हामीले कुनै सम्झौता गरेनौ , मेरो को-स्टार निरुता छिन् , जसले निकै राम्रो काम गरेकी छिन ।’

अनमोललाई फुटवल खेलाडीको रुपमा प्रस्तुत गरिएको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् भने यसमा अनमोलसँगै प्रशान्त ताम्राकार , उपासना सिंह ठकुरी , प्रियंका एमभी , सुनिल थापा , सरोज खनाल , बुद्धि तामाङ , विल्सन विक्रम राइ लगायतको अभिनय रहेको छ । फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्