ओटीटी । केही वर्ष यता भारतमा गाउँको कथा देखाउनेमा टिभीएफ अर्थात द भाइरल फेभर अगाडि छ । यसमध्ये एक हो वेब सिरिज ‘पञ्चायत’ । ग्रामिण भेगको राजनीति र भोगाईलाई जीवन्त प्रस्तुत गरिएको फिल्मको तेस्रो सिजन यही मे महिनाको अन्तिममा आउदैछ । गाउँमा सचिव बनेर पुगेका जीतेन्द्र कुमारको आँखाबाट प्रस्तुत गरिने कथा नेपालीको मधेसमा पनि पाइन्छ ।
यस्तै, कारण यो नेपालमा पनि उत्तिकै प्रतिक्षित छ । फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक सार्वजनिक ट्रेलरमा देखाईएको छ । ८ एपिसोडको नयाँ सिजनलाई अघिल्ला सिरिजकै निर्देशन दीपक कुमार मिश्राले निर्देशन गरेका छन् ।
सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको विषय यस सिजनमा देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् ।













