ट्विटरका सीईओले भेटे शाहरुख

बलिउड । ट्विटरका सीईओ ज्याक डार्सीले बलिउडका रोमान्स किंग शाहरुख खानलाई भेटेका छन् । भारत भ्रमणमा रहेका ज्याकले प्रधानमन्त्री नरेन्द्र मोदी , नेता राहुल गान्धी लगायतसँग भेटघाट गरिसकेपछी उनले शाहरुखलाई भेटेका हुन् ।

उनले मन्नत निवासमा पुगेरै उनलाई भेटेका हुन् । उनले यसको जानकारी ट्विटर मार्फत नै दिएका छन् । यता शाहरुखले पनि ज्याकसँगको भेटघाटलाई समाजिक सञ्जाल मार्फत प्रस्ट्याउदै धन्यवाद दिएका छन् । शाहरुख यतिबेला आफ्नो फिल्म ‘जिरो’ को प्रोमोसनमा व्यस्त छिन ।

कमेन्ट गर्नुहोस्