‘टक्सिक’को गीत ‘तबाही’ बोल्ड कियारा

फिल्म । दक्षिण भारतीय सुपरस्टार यश अभिनीत प्रतीक्षित फिल्म ‘टक्सिक’ को पहिलो गीत ‘तबाही’ सार्वजनिक गरिएको छ । बहुभाषिक रूपमा रिलिज गरिएको गीतमा यश र अभिनेत्री कियारा आडवाणीको आकर्षक केमेस्ट्री देख्न सकिन्छ । कियाराको बोल्ड दृश्यको चर्चा पछिल्लो समय बढ्दो छ ।

‘तबाही’ हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा एकसाथ सार्वजनिक गरिएको हो । गीतमा विशाल मिश्राको स्वर रहेको छ भने शब्द राज शेखरले लेखेका हुन्। गीतको सङ्गीत विशाल, बिटुपोन बोरुआ, कन्दर्पा कलिता र त्रिहंगकु लहकरले संयुक्त रूपमा तयार पारेका छन् ।

गीतु मोहनदासको निर्देशनमा बनेको फिल्म ‘टक्सिक’ यही वर्ष अगस्ट २६ देखि विश्वभर प्रदर्शनमा आउने तयारीमा छ। पहिलो गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको दर्शकको उत्साह थप बढेको निर्माण पक्षको विश्वास छ।

कमेन्ट गर्नुहोस्