जोगिन्दरले ल्याए ‘ठगाठग कम्पनी’

ओटीटी । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्राको प्रस्तुती दर्शकसामू ल्याईरहेका जोगिन्दरको उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गरेकाछन् । उनकै लेखन, निर्माण तथा निर्देशन रहेको गाईजात्रे प्रस्तुतिमा राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतीमाथि व्यङ्ग्य प्रहार गरेका छन् ।

आफ्नो बाइसौँ गाईजात्रे कोसेली विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले तयार गरिएको जोगिन्दरले बताए । क्यासेट, भिसिडी, सिडी हुँदै अहिले युट्युबमार्फत सार्वजनिक गरिएको ‘ठगाठग कम्पनी’ मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गरेको जोगिन्दरले बताए ।

देशका विभिन्न क्षेत्रका विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गरिने परम्परा छ ।

कमेन्ट गर्नुहोस्