सौरभको ‘अगस्त्य’ सौगात

फिल्म । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा उनलाई ‘मिस्टर भर्सटायल’को उपाधि दिदै एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत गरिएको छ । फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले जानकारी दिए । निर्देशक चौधरीकै लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको छायांकन निर्देशन रहने फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ। नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने फिल्ममा नेपालीसँगै भारतीय कलाकारको समेत अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ ।

दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको स्क्रिप्ट तयार भइरहेको छ भने आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी छ। हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।

कमेन्ट गर्नुहोस्