फिल्म । टाइगर श्राफको फ्यानका लागि बागी सिरिज निकै महत्वपूर्ण छ । किनकी टाइगरले यसै सिरिज मार्फत आफ्नो स्टारडम बढाउँन सफल भएका थिए । यिनै टाइगरले पछिल्लो समय सफलताको रफ्तार समातीसकेका छन् । यसैले गर्दा यिनको हरेक गतिविधि न्युज र गसिप बन्ने गर्छन । यिनै टाइगरको बागीको तेस्रो सिरिजलाई दर्शकले आउने वर्ष हेर्न पाउनेछन् । फिल्मको थर्ड सेरिज आउने चर्चासंगै टाइगरसंग फिल्ममा को देखिने हो ? भन्ने चर्चा पनि भयो र नाम आयो श्रद्धा कपूरको । श्रद्धा फिल्मको पहिलो सिरिजमा थिइन् । यसैले गर्दा तेस्रोमा उनको इन्ट्री सहजै भयो ।
यसैगरी फिल्ममा पछिल्लो समय दिशा पटानी पनि भित्रिएकी छिन् । निर्माण पक्षले नै भिडियो मार्फत दिशाको इन्ट्रीलाई प्रस्ट्याएको छ । अहमद खान निर्देशनमा तयार भइरहेको फिल्ममा अघिल्लो सिरिज भन्दा झनै खतरनाक एक्सन हुनेछन । यसैले गर्दा पनि टाइगर निकै मेहनत गरिरहेका छन् । साथै , सिरिजको पहिलो हिरोइन श्रद्धा र दिशाको उपस्थितिले फ्यानलाई झनै उत्साहित बनाउने छ । फिल्म आउँदो समरमा रिलिज हुनेछ । फिल्मलाई लिएर यतिबेला दर्शकमा निकै कौतुहलता बढ्दो छ । (एजेन्सी)
Time for a small sneak-peak from the sets of #Baaghi3 😉
— Nadiadwala Grandson (@NGEMovies) December 23, 2019
Looks like the Baaghi fever just got higher! 🔥
@DishPatani #SajidNadiadwala @iTIGERSHROFF @ShraddhaKapoor @khan_ahmedasas @WardaNadiadwala @foxstarhindi pic.twitter.com/N0YKP4H42T












