फिल्म । अभिनेता रणवीर कपुरको फिल्म ‘रामायण’ को टिजर सार्वजनिक गरिएको छ । नितेश तिवारीको निर्देशनमा तयार भएको यस फिल्ममा श्री रामको भूमिकमा रहेका रणवीर कपूरको क्यारेक्टरको परिचय टिजरमा गराइएको छ । टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रणवीर कपुरको ‘रामा’ अवतारले व्यापक चर्चा पाएको छ भने उनको लुक्सको चौतर्फी प्रशंसा भइरहेको छ।
नमित मल्होत्राले निर्माण गरेको फिल्मको संगीत र दृश्य संयोजनले टिजरलाई झन् भव्य बनाएको छ, जसले फिल्मप्रतिको उत्साह थप बढाएको छ। टिजरको अन्त्यमा ‘रावण’को भूमिकामा रहेका दक्षिण भारतीय सुपरस्टार यशको झलकले पनि दर्शकहरूलाई उत्साहित बनाएको छ।
टिजरमा रावणको पुष्पक विमानलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ, जसबाट फिल्ममा प्रयोग गरिएको भीएफएक्स र प्राविधिक पक्ष उच्चस्तरीय हुने संकेत मिल्छ । रणवीर र यशबीचको टक्करले फिल्मले सिनेमाघरमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।
यो फिल्म सन् २०२६ को दीपावली को अवसरमा प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई दुई भागमा रिलिज गरिनेछ, जसको पहिलो भाग आगामी वर्षको तिहार मा आउनेछ भने दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन हुनेछ । फिल्ममा रणवीर कपुर र यशका साथै साई पल्लवी र सन्नी देओल पनि मुख्य भूमिकामा रहेका छन्।










