अझैँ उस्तै करिश्मा (फोटो फिचर)

229 Shares

फिल्म । नेपाली फिल्मनगरीमा सदाबहार सुन्दरी भनेर चिनिन्छिन् , करिश्मा मानन्धर । उमेरले ४३ औ वसन्त पार गरिसके पनि उनको सुन्दरतामा कुनै कमि नआएको प्रसंसा उनलाई फ्यान मार्फत मिल्ने गर्छ । उनि आफुलाई मेन्टेन पनि गर्छिन् । त्यसैले गर्दा विभिन्न इभेन्टमा पुग्दा उनिमाथि क्यामेरा तेर्सिने गर्छन् । उनि पनि क्यामेराको लागि आफुलाई सदैव तयार राख्छिन् ।

पछिल्लो समय अभिनयलाई थाति राख्दै निर्माणमा मात्र सक्रिय करिश्माले निर्देशन गर्ने चर्चा नचलेको पनि होइन । तर , उनले आफुलाई निर्देशकको रुपमा चिनाउन सकेकी छैनन् । पछिल्लो समत राजनीतिमा समेत सक्रिय करिश्माले अबको यात्रा कता बढाउछिन् , यो त आउने समयले नै बताउनेछ । किनकी उनले आफ्नो राजनीतिलाई सक्रिय राख्ने बताउदै आएकी छिन् भने फिल्म निर्माण गर्ने चर्चा पनि नचलेको होइन ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments