दीपिकाको सम्झनामा इरफान

फिल्म । बलिउडले गत अप्रिलमा दुइ ठुला हस्ती गुमायो । अप्रिलको अन्तिम दुइ दिनमा बलिउडलाई विश्वभरका कलाप्रेमी माँझ चिनाउने इरफान खान र ऋषि कपूरल़िया बलिउडले गुमायो । कुरा इरफानको गर्ने हो भने पछिल्लो समयको बलिया अभिनेता थिए उनि । उनले गर्ने अभिनय र छनौट गर्ने फिल्म रेगुलर हुन्थेनन । त्यसैले पनि उनले बलिउडकर्मीसँगै दर्शकको मनमा छुटै स्थान बनाएका थिए ।

इरफानले संसारबाट विदा लिएको केहि समयपछी दीपिका पादुकोणले उनलाई सम्झेकी छिन् । उनको मृत्युमा तत्कालै प्रतिक्रिया नजाएकी दीपिकालेसँगै अभिनय गरेको फिल्म ‘पिकु’ को तस्बिर र भिडियो शेयर गर्दै उनलाई सम्झेकी हुन् । आफुले पाएको रोललाई जीवन्त निभाउने इरफानलाई उनले ‘सम्भव भए फर्क’ समेत लेखेकी छिन् ।

सार्वजनिक भिडियो सन् २०१५ मा रिलिज भएको फिल्म ‘पिकु’ को सेटको हो जहाँ इरफान र दीपिकाले लन टेनिस खेलिरहेका छन्। गत शुक्रबार ‘पिकु’ फिल्म रिलिज भएको पाँच वर्ष पूरा भएको छ। यही अवसरमा इरफानलाई दीपिकाले सम्झिएकी हुन्। (एजेन्सी)

कमेन्ट गर्नुहोस्