किरण भन्छन् ‘दर्शकलाई निम्ता दिन मोफसल टुर’

25 Shares

फिल्म । ‘दाल भात तरकारी’ फिल्म युनिटले मोफसल टुर गर्ने भएको छ । अघिल्लो पटक शत्रु गतेमा झैँ फिल्म युनिटले मोफसलका मुख्य सहरमा पुगेर फिल्मको बारेमा दर्शक तथा सञ्चारकर्मीलाई जानकारी गराउने भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुति रहेको फिल्म सार्वजनिक गीतसंगीतको कारण चर्चामा छ । आउँदो आइतवार अर्थात चैत्र २४ गतेबाट टुरमा निस्किने युनिटले चैत २५ मा विर्तामोड, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट गर्नेछ ।

‘दर्शकसँग प्रत्यक्ष रुपमा बुझी फिल्मको बारेमा जानकारी गराउने उदेश्यले कन्सर्ट गर्न लागिएको हो’ किरण भन्छन् ‘हामी दर्शकलाई एक किसिमले फिल्म हेर्ने निम्तो दिने तयारीमा छौ ।’ दाल भात तरकारी यात्रामा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा,गायिका जुनु रिजाललगायत सहभागी हुनेछन् । किरणकै पुत्र सुदन केसीले यसलाई निर्देशन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

Facebook Comments