‘यो मन त मेरो नेपाली हो’ छायांकन सकियो

फिल्म । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सम्पन्न भएको छ । हालै ‘आखै रसिलो’ बोलको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । उक्त गीतको अडियोमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने अस्मिता अधिकारी र सविन सुवेदीले स्वर दिएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतमा रोशन श्रेष्ठ, आयुषा समाल, खुशी कार्की ,नारायण प्रधान, नरेश वीर सिंहलाई फिचर्ड छन् ।

फिल्ममा रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललगायतको अभिनय रहेको छ । अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको फिल्मलाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने बताईएको छ । नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको इतिहासलाइ फिल्ममार्फत उठाउन खोजिएको निर्देशक प्रधानले बताए ।

शिवम् अधिकारीको लेखन रहेको फिल्ममा निर्देशक प्रधानकै कथा दिपक शर्माको सङ्गीत,सौरभ लामाको छायांकन,देव महर्जन द्वन्द्व,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

कमेन्ट गर्नुहोस्