संजयले रोजे सलमानको हिरोइन !

फिल्म । पछिल्लो समय बलिउडमा संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आउने वितिकै चर्चा बढ्दो छ । फिल्म कहिलेबाट फ्लोरमा जान्छ र सलमानको अपोजिट कास्टमा को हुनेछिन् ? यसको चर्चा बढ्दो छ । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए । तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए ।

जुन ईच्छा अब पुरा हुदैछ । पछिल्लो समय सोसल ड्रामा र एक्सन फिल्ममा आफुलाई प्रस्तुत गरिरहेका सलमानलाई भन्सालीले लभ स्टोरीमा ल्याउदैछन् । यसपटक भन्सालीले सलमानको अपोजिटमा दीपिका पदुकोणलाई कास्ट गर्ने मनस्थिति बनाएका छन् । दीपिकाले सलमानसँग अहिलेसम्म काम गर्ने अवसर पाएकी छैनन् । सलमान र दीपिकाको जोडी दर्शकको लागि खुसिकै समाचार हुनसक्छ । दीपिकाको करियरलाई माथि पुर्याउन भन्सालीले निकै महत्वपूर्ण भूमिका खेलका छन् । रामलीला , बाजिराव मस्तानी र पद्मावत जस्ता फिल्म मार्फत दीपिकाको अभिनयको चर्चा चुलिएको थियो ।

कमेन्ट गर्नुहोस्