रोहितको फिल्ममा सलमान ?

फिल्म । बलिउडका भाइजान अर्थात् सलमान खानको विभिन्न अवतार फेमस छन् । बि-टाउनमा उनि चुलबुल पाण्डे मात्र नभई भाइजानसँगै प्रेम अवतारमा पनि फेमस छन् । यिनै सलमानलाई गर्व , वान्टेड तथा दबंग जस्ता फिल्ममा पुलिसको भूमिकामा रुचाइएको थियो । यसैले गर्दा पछिल्लो समय पुलिसलाई लिएर हिरोको फिल्म निर्माण तथा निर्देशन गरिरहेका रोहित शेट्टीले सलमानलाइ पुलिस अवतारमा ल्याउने भएका छन् ।

सिंघमसँगै सिम्बालाई पनि दर्शक माँझ हिरो बनाइसकेका रोहितले अक्षय कुमारलाई सूर्यवंशीमा हिरो बनाउदैछन् । यिनै रोहितले सलमानलाई सुहाउने कन्टेनमा पनि काम गरिरहेका छन् । सलमानलाई पुलिस अवतारमा दर्शकले हेर्न चाहेको भन्दै उनले कन्टेनमा ध्यान दिईरहेका छन् । उनले किकका निर्माता साजिद नदियाडवालसँग मिलेर सलमानसँग भेटघाट पनि गरिसकेका छन् । यदि सलमान रोहितको फिल्ममा काम गर्न तयार हुन्छन् उक्त फिल्म बलिउडको अर्को बिग फिल्म हुनेछ ।

कमेन्ट गर्नुहोस्