सुरज बने ‘स्याटेलाइट शंकर’

फिल्म । बलिउडमा सलमान खानको फिल्म ‘हिरो’ मार्फत डेब्यु गरेका सुरज पंचोली अभिनित दोस्रो फिल्म ‘स्याटेलाइट शंकर’ को फस्टलुक रिलिज भएको छ । उनका गडफादर सलमानले नै ट्विटर मार्फत लुक रिभिल गरेका हुन् । सुरजलाई बलिउडमा गाइड गरिरहेका सलमानले उनलाई सफलताको शुभकामना समेत दिएका छन् । प्रेमिका जिया खानले सुसाइट गरेपछि बिबादित बनेका सुरजलाई मिडिया अगाडी उभिने साहस सलमानले दिएका थिए । पोस्टरमा सुरज फौजी लुक्समा देखिएका छन् भने उनलाई यात्रीको रुपमा चित्रण गरिएको छ । फिल्मलाई इरफान कमालले निर्देशन गरिरहेका छन् भने यसलाई दर्शकले जुलाई ५ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्