देबेशको ‘नौलो खुसी’ मा आईशा

सङ्गीत । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा प्रेमिल गीतहरु सार्वजनिक हुने क्रममा गायक, संगीतकार तथा एरेञ्जर देबेश राईले ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक गरेकाछन् । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ ।

गायिका ससिका राईको निर्देशन रहेको म्युजिक भिडियोमा देबेश र आईशा कार्कीको अभिनय रहेको छ । भिडियोमा इशक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्