प्रियाको फिल्मको विरोध

फिल्म । एक भिडियोमा आँखा झिम्क्याएको अन्दाजकै कारण बनेकी भाइरल गर्ल प्रिया प्रकाश वारियरको डेब्यु फिल्म विवादमा परेको छ । श्रीदेवी बंगलो नामाक फिल्मको कथा भारतीय अभिनेत्री श्रीदेवीसँग मिल्ने देखिएपछी यतिबेला फिल्म विवादमा तानिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा देखिने घटना क्रमले श्रीदेवीओ मृत्युसँग फिल्मलाई कहिँ कतै जोडेको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । ट्रेलर सार्वजनिक भएपछी अभिनेत्री श्रीदेवीका पति बोनी कपूरले फिल्मलाई रोक लगाउन आग्रह गर्दै मानहानीको मुद्दा दायर गरेका छन् । साथै श्रीदेवीको फ्यानले पनि यस ट्रेलरको विरोध गरिरहेका छन् । फिल्म प्रियाकै वरिपरी घुमेको छ , जसको नाम श्रीदेवी हुन्छ । निकै विरोध भएता पनि यसको ट्रेलर भने लोकप्रिय भएको छैन । यस ट्रेलरको केहि दृश्यले श्रीदेवीको मृत्युको झल्को भने पक्कै दिन्छ ।
कमेन्ट गर्नुहोस्