मन्त्री बाँस्कोटाको चेतावनी–‘१८० दिन आफ्नै देशको फिल्म नचलाउने हलमा ताला लाग्छ’

8 Shares

फिल्म । पछिल्लो समय विदेशी फिल्म नेपालमा मनलाग्दी तरिकाले प्रदर्शन भईरहेको भन्दै फिल्मकर्मीले विरोध पनि गरेका छन् । हिन्दी फिल्म विदेशी डेट अनुसार प्रदर्शन भएपछी फिल्मकर्मीले विरोध गरेका थिए । पछिल्लो समय फिल्म ‘भारत’ नै वुधवार नेपालमा प्रदर्शनमा आएको थियो । जसलाई रोक्ने प्रयास चलचित्र विकास बोर्डले गरेपनि जिल्ला अदालतको आदेशपछि निरिह भएको थियो । हरेक फिल्म शुक्रबार मात्र रिलिज हुनुपर्ने बोर्डले अडान राख्दै आएको छ भने स्वदेशी फिल्म प्राथमिकतामा पर्नु पर्ने मांग त छदैनै छ ।

यसै विषयको बहसका बीच संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ६ महिना आफ्नै देशमा बनेका फिल्मलाई नचलाउने हलमा ताला लाग्ने चेतावनी दिएको छन् । चलचित्र विकास बोर्डको १९ औं बार्षिकोत्सवमलाई सम्बोधन गर्ने क्रममा कडा रुपमा प्रस्तुत हुँदै उनले चेतावनी दिएका हुन् । ‘बहसको रुपमा आजबाट सुरुवात नै भयो र आफ्नै स्वदेशी फिल्मले हलमा प्राथमिकता पाउनु पर्छ र ६ महिना अनिवार्य रुपमा चलाउनु पर्छ’ उनले भने ‘हलिउड र बलिउडका फिल्म बाँकी ६ महिनामा नेपाली फिल्मलाई असर नपर्ने गरि चलाउनुस नत्र हलमा ताल लाग्न सक्छ ।’

उनले यो बिषयमा कुनै पनि कानुनी व्यवस्था नभएकाले अब कानुन बन्ने प्रक्रियामा रहेको स्पष्ट पारे । साथै , उनले बक्स अफिसलाई आउँदो साउन १ गतेबाट अनुगमन गरिने समेत बताए । ‘राज्यको नीति हो , बक्स अफिसमा कडाईका साथ् नियमन गरिनेछ’ उनले भने ‘ हाम्रो अनुगमनमा बक्स अफिस चुस्त दुरुस्त रुपमा नभएको पाइएमा हल बन्द हुन्छ , तयार हुनुस र इमान्दार बन्नुस ।’

कडा रुपमा प्रस्तुत भएका मन्त्री बाँस्कोटाले आफ्नै स्वदेशी कलाकारलाई माया गर्न समेत आग्रह गरे । हल संचालकहरुप्रति कटाक्ष गर्दै उनले भने–‘नायिका नराम्री भएपनि हाम्रै देशकी चेली हुन् । नायक नराम्रो भएपनि हाम्रै देशका यूवा हुन् । अन्तको जम्मै राम्रो देख्ने, यहाँको केही पनि नराम्रो नदेख्ने ? आर्दश अरुलाई बनाएर यो क्षेत्रको रक्षा कसरी हुन्छ ?’ मन्त्री बाँस्काटोले आजैबाट यो कुरालाई बहसमा ल्याएको स्पष्ट पारे । उनले यो बिषयमा आफू फिल्मीक्षेत्रका निर्माता, निर्देशक, छायांकार, प्राविधिक, हल संचालक सबैको कुरा सुन्न तयार रहेको स्पष्ट पारे । तर, विकासको विपक्षमा कुरा गर्ने भाडतन्त्रको पक्षधरकोहरुको कुरा आफूले नसुन्ने उनको भनाई थियो ।

Facebook Comments