फिल्म । साउथ इण्डियन फिल्मसँगै बलिउडमा चर्चामा रहेकी अभिनेत्री मध्यकी एक हुन् , इलियाना डिक्रुज । अभिनय भन्दा पनि आफ्नो बडी फिगरका कारण चर्चामा आउने इलियानाले आफ्नो सुन्दरताको बारेमा बताएकी छिन् । उनले एक अन्तर्वाताको क्रममा आफुले पानी धेरै पिउने बताइन । ‘म दैनिक जसो वर्कआउट गर्छु । साथै पानी पर्याप्त मात्रामा पिउछु’ उनले भनिन् ।
इलियानाले आफुलाई साउथसँगै बलिउडमा पनि काम गर्दा छुटै रमाइलो लाग्ने समेत बताईन । ‘साउथको दर्शक र फिल्म बन्ने शैली फरक छ अनि बलिउडमा फरक छ’ उनले भनिन् । उनले साउथमा प्राय दर्शकले एक्सन ,रोमान्स प्याटर्नको फिल्म रुचाउने गरेको बताइन । यद्दपी बलिउडमा पछिल्लो समय सोसल ड्रामालाई रुचाउने गरेको समेत उनको बुझाइ छ । ‘साउथ इण्डियामा पनि सशक्त फिल्म नबन्ने होइनन् तर त्यसको संख्या कम छ । प्राय त्यहाँ फर्मुला फिल्म नै बन्छ’ इलियानाले भनिन् । (एजेन्सी)










