फिल्म । पछिल्लो समय अभिनेता राजकुमार राव अभिनयकै कारण बि-टाउन चम्किदै छन् । उनले अभिनय गरेको फिल्मले बक्स अफिसमा पनि राम्रै कमाल गरिरहेका छन् भने उनको अभिनयले दर्शकको मन जित्ने गरेको छ । यिनै राजकुमारले अब चुपके चुपकेको रिमेकमा काम गर्ने भएका छन् । यो सन् १९७५ मा प्रदर्शनमा आएको फिल्म हो भने यसमा अमिताभ बच्चन र धर्मेन्द्रको अभिनय रहेको थियो । उनले फिल्ममा धर्मेन्द्रको भूमिका निर्वाह गर्नेछन् । जस अनुसार उनि प्रोफेसर प्रमिल त्रिपाठीको भूमिका निर्वाह गर्नेछन् । निर्माण पक्षले अन्य भूमिकाको लागि पनि अन्य कलाकारलाई हेरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्











