संगीत । लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । डा.प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। ‘स्वतन्त्र मन’ बोलको रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।
राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियोलाइ बिजेश पौडेल र राजनले निर्देशन गरेको छन् । भिडियोलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन् । सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन्।
कमेन्ट गर्नुहोस्











