अर्जुनको फिल्म पनि डिजिटल प्लेटफर्ममा ?

फिल्म । बलिउडमा स्थापित हुँदै गरेको करियरलाई लभ लाइफको कारण बिगारेका अभिनेता अर्जुन कपूर अभिनित फिल्म ‘सन्दीप और पिंकी फरार’ ओटिटी प्लेटफर्मममा रिलिज हुने सम्भावना बढेको छ । दिवाकर बेनर्जी निर्देशित फिल्ममा अर्जुनसँगै परिनिती चोपडा छिन् । गत मार्चमै रिलिज हुने तयारीमा रहेको फिल्मले राम्रो बज क्रिएट गर्न सकेको थिएन । त्यसैले गर्दा पछिल्लो अवस्थालाई मुल्यांकन गर्दै यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ ।

यस विषयमा अर्जुनले पनि आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् । ‘म बिजनेसको कुरा प्रोडक्सन टिममै छोड्छु । यतिबेलाको अवस्थामा हामीले हाम्रो फिल्मलाई डिजिटल प्लेटफर्ममा ल्याउन सक्छौ’ अर्जुनले भने । उनले ठुला फिल्मलाई भने डिजिटल प्लेटफर्ममा ल्याउन नहुने पनि बताए । ‘सूर्यवंशी जस्ता फिल्म डिजिटल रिलिज गर्नु हुन्न किनकी त्यो सिनेम्याटिक फिल्म हो त्यसलाई ठुलो पर्दामै हेर्दा मज्जा आउछ । तर , हाम्रो जस्तो स्टोरी बेस्ड फिल्मलाई ल्याउदा हुन्छ’ अर्जुनले बताए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्